Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षकाे पहिलाे काराेबार दिन : दाेहाेराे अंकले घट्याे नेप्से, किन घट्दैछ बजार ?

नेप्से

आइतबार, ०४ बैशाख २०७९, १५ : १० मा प्रकाशित

नयाँ वर्षकाे पहिलाे काराेबार दिन : दाेहाेराे अंकले घट्याे नेप्से, किन घट्दैछ बजार ?

नयाँ वर्षकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । आइतबार बजार दाेहाेराे अंकले घटेकाे छ ।

अहिले बजारमा पैसाकाे एकदमै अभाव रहेकाे हुनाले बजार निरन्तर घटिरहेकाे नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भएकाे पैसा हाेल्ड रहेकाे, बैंकले पनि पैसा नदिने र घर खेत बेच्ने अवस्था पनि नरहेकाे हुनाले बजार प्रभावित भएकाे बतइन् । बजारमा प्रवेश गरिसकेपछि लगानीकर्ताहरूलाई आफ्नाे सम्पत्ती सुरक्षित छ र सेयर बजार सुरक्षित सेक्टर हाे भन्ने ढुक्ककाे वातावरण सृजना हुनुपर्ने उनी बताउँछिन् ।  रातदिन पाेलिसीहरू परिवर्तन भएकाे र बजारमा पैसा नहुँदा बजार संक्रमणकालिन बन्न पुगेकाे उनले बताइन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेकाे छ । नेप्से १.२३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.१२ अंकले घटेर ४५०.९७ विन्दुमा झरेकाे छ । 

कूल २३३ वटा कम्पनीकाे ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७ लाख २३ हजार एक सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

आइतबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४ कराेड ९९ लाख ४७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय ८८ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन उर्जाकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ६४ रूपैयाँ ५० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको