Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानले सीमामा बम हानेर धेरै मानिस मारेको अफगानिस्तानको आरोप

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १७ : ४८ मा प्रकाशित

पाकिस्तानले सीमामा बम हानेर धेरै मानिस मारेको अफगानिस्तानको आरोप

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी सेनाले अफगानिस्तानको सीमासँग जोडिएको क्षेत्रमा बमबारी गरेको र त्यसमा धेरै मानिस मारिएको आरोप लगाएको छ । तर पाकिस्तानी विदेश मन्त्रालयले अफगानिस्तानको खोस्ट र कुनाड प्रान्तमा पाकिस्तानी सेनाले गरेको कारबाहीसँग सम्बन्धित रिपोर्टहरूको छानबिन गरिरहेको जनाएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानका सांसद मोहसिन दाउदले नै पनि अफ्गान सरकारको भनाई पुष्टी हुनेगरी  शनिबार नेसनल एसेम्बलीमा पाकिस्तानी सेनाले अफगानिस्तान भित्र बम विस्फोट गराएको र त्यसमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन्। 

तर, उक्त घटनाबारे अहिलेसम्म पाकिस्तानी सेना र अफगानिस्तानस्थित पाकिस्तानी राजदूतले कुनै प्रतिक्रिया दिएका छैनन्। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले एक ट्वीटमा पाकिस्तानको कथित आक्रमणको निन्दा गरे, तर आक्रमणमा कति जना मारिए भन्ने कुरा भनेनन्।

तालिबानका प्रवक्ताले लेखेका छन्, ‘अफगानिस्तानको इस्लामिक सरकार अफगानिस्तानसँग धैर्यताको परीक्षा नलिन र यस्तो गल्ती नदोहोर्याउन पाकिस्तानसँग माग गर्दछ, अन्यथा नतिजा नराम्रो हुनेछ।’ उनले दुई देशबीचको समस्या राजनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको