Like us!
Follow us!
Connect us!
Watch us!

कुनै पनि बेला बजारले सबैलाई सप्राइज बनाउदै तेस्रो वेभ तय गर्नेछ - प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, ०७ : ३२ मा प्रकाशित

कुनै पनि बेला बजारले सबैलाई सप्राइज बनाउदै तेस्रो वेभ तय गर्नेछ - प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले कुनै पनि बेला बजारले सबैलाई सप्राइज गर्दै तेस्रो वेभ तय गर्ने विस्लेषण गरेका छन्। आफ्नो सामाजिक संजाल फेसबुकले पोष्ट गर्दै बस्याल लेख्छन -" दोश्रो वेभ काे psychology : दोश्रो वेभ प्रायजसो पहिलो वेभ काे धरै जसो हिस्सा retrace गर्ने गर्दछ। पहिलो वेभमा कमाएको धरै जसो नाफा दोश्रो वेभमा हराएर जाने गर्दछ। दोश्रो वेभकाे लगभग अन्तिम चरणमा प्रायजसो लगानीकर्ता Bear market लामो समय सम्म चल्ने वा अझै पनि हामीले सेयर न बेच्ने हो भने ठूलो नोक्सानी झेल्नु पर्छ भन्दै नोक्सानीमा नै सेयर बेचेर निस्कने प्रवृति हावी हुन्छ।

दोस्रो वेभ काे लगभग अन्तिम चरणमा अर्थतन्त्र का सूचकहरूले पनि निकै नराम्रो संकेत गरेको हुन्छ। विद्वान अर्थशास्त्रीहरूले पनि सम्पूर्ण अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा रहेका कारण देशले गम्भीर आर्थीक संकट झेल्न सक्ने भनेर पूर्वानुमान गर्न सुरु गर्छन।

दोस्रो वेभ मा नै नियामक निकाय का पदाधिकारी लगायत अरु जिम्मेवार पदाधिकारीहरु जोखिम कम गर्नु पर्छ भन्ने मानसिकता बाट ग्रसित हूने गरको पाइन्छ।

यी सबै उग्र नकारात्मक सोच काे नितिजाले दोस्रो वेभ काे निर्माण गर्दछ र surprising तेस्रो वेभ काे लागि आधार तय गर्ने गर्दछ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको