Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १५ : ३० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रूपैयाँकाे दरले कुल ५ अर्ब रुपैंया बराबरकाे ५० लाख कित्ता दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

RBBL Debenture, 2089 नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ ।  केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको