Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि कृषि गणना

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १२ : ०९ मा प्रकाशित

आजदेखि कृषि गणना

केन्द्रीय तथ्यांक विभागले आज मंगलबारदेखि देशभर कृषि गणना सुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएकाे केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएकाे छ ।

 पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । 

कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् ।

यसअघि २०६८ मा कृषि गणना भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको