Like us!
Follow us!
Connect us!
Watch us!

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १५ : ५८ मा प्रकाशित

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ कराेड ७५ लाख रूपैयाँ बराबरकाे ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड​​ले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २ कराेड ३ लाख ३८ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २१ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको