Like us!
Follow us!
Connect us!
Watch us!

‘केजीएफ २’ को बम्पर सफलता : हिन्दी भर्जनले चार दिनमै कमायो १९४ करोड

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १६ : २१ मा प्रकाशित

‘केजीएफ २’ को बम्पर सफलता : हिन्दी भर्जनले चार दिनमै कमायो १९४ करोड

दक्षिण भारतीय फिल्म अभिनेता यशको फिल्म ‘केजीएफ २’ले अहिले सिनेमा हलमा निकै राम्रो व्यापार गरिरहेको छ । तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भएको उक्त फिल्मले हालसम्म ५५१ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरिसकेको छ । 

यसबीच फिल्मको हिन्दी भर्जनले पनि प्रदर्शन भएको चार दिनमा १९४ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। ‘केजीएफ २’को हिन्दी भर्जन हालसम्म कै सबैभन्दा धेरै आम्दानी गर्ने साउथ फिल्म पनि बनेको छ। यो भन्दा पहिले कुनै पनि फिल्मले चार दिनमा यो मात्रामा कमाई गरेका थिएनन्। यसअघि सर्वाधिक आम्दानी रहेको फिल्म ‘बाहुबली’ले ४ दिनको प्रदर्शनमा १६८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो। 

प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको ‘केजीएफ’को सिक्वेल हो। फिल्म करिब सय करोडको बजेटमा निर्माण भएको छ। यसमा यशसँगै सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको पनि मुख्य भूमिकामा अभिनय छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको