जापानी येन २० वर्षयताकै कमजोर भएको छ । मंगलबार बिहानको सत्रमा एक्सचेन्जहरूमा प्रति डलर एक सय २७ येनमा कारोबार भइरहेको छ। जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन) मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन्।
प्रति डलर एक सय ३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए। यस्तो हस्तक्षेप गनुपर्ने मुद्रासम्बन्धी जानकार इसुकी स्याखाकिबाराले बताउँदै आएका छन्।
त्यहाँका गभर्नर हरुहिको कोरुडाले येनमा भइरहेको अवमूल्यनले फर्महरूलाई आफ्नो व्यावसायिक योजना बनाउन समस्या हुने बताइरहेका छन्। मौखिक रूपमा गरिएको यस्तो हस्तक्षेपबाहेक जापानसँग अन्य विकल्पहरू पनि छन्, जसमध्येको एक हो सरकारले येन खरिद गर्ने।
पछिल्लो पटक जापानले सन् १९९८ मा येन खरिद गरेरै यस्तो हस्तक्षेप गरेको थियो। एसियन वित्तीय संकटको समयमा येनको बिक्रीमा तीव्रता आएको र पुँजी पलायन हुन थालेको थियो। त्यसअघि पनि जापानले सन् १९९१ देखि १९९२ मा यस्तो हस्तक्षेप गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस