Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १७ : ०६ मा प्रकाशित

सिटिजन्स बैंक १६औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता

मिति २०६४ साल वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्न सफल भएको छ ।  

सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्ब  ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु  १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गर्न सफल भएको छ। 

बैंकले १५औं वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले "रक्तदान नै जिवनदान" भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ "नेपाल रेडक्रस सोसाईटी" सँगको सहकार्यमा सातवटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ।

बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकहरुको सहजताका लागि कार्ड लेस क्यास  विथड्रल सेवाको सुरुवात गरेको छ र हालसालै बैंकले भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी.अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई.के.वाई.सी सेवा समेत सञ्चालनमा ल्याएको छ । यसका साथै बैंकले नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा ल्याएको छ । साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उदेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापना गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको