Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर र वर्तमान सरकारबीच सुरुदेखि नै तालमेल मिल्न सकेन : प्रचण्ड

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १२ : ५४ मा प्रकाशित

गभर्नर र वर्तमान सरकारबीच सुरुदेखि नै तालमेल मिल्न सकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका  छन् । बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्ण सहमति रहेको बताए ।

‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो। प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ,’ प्रचण्डले भने । सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन्। 

‘सर्वोच्चले वैशाख १३ गते यसबारे थप छलफल गर्न दुबै पक्षलाई बोलाएको छ ।’प्रचण्डले थपे । त्यसपछि सरकार र गभर्नरबीच के भएको हो भन्ने  प्रष्ट हुने प्रचण्डको भनाइ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको