Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १५ : २३ मा प्रकाशित

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले आफनो अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नेपालको आर्थिक वृद्धिदरको नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने विश्व बैंकले सार्वजनिक गरेको अपडेटमा देखिएको हो । जसमा रुस र युक्रेनको युद्धले निम्त्याएको महंगी एक कारण हो ।

६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ । तर सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको