Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्ष थप सात दिन सार्वजनिक बिदा

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १६ : १३ मा प्रकाशित

यस वर्ष थप सात दिन सार्वजनिक बिदा

कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको