Like us!
Follow us!
Connect us!
Watch us!

उपकारको आईपीओको लक्कि नम्वर ८ र ६

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, ०७ : ३७ मा प्रकाशित

उपकार लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँडको लक्कि ८ र ६ नम्वर  रहेको छ ।  गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौँमा शुक्रबार  बिहान ८ बजे सम्पन्न भएको हो । उक्त साधारण सेयर  (आईपीओ) को प्रि-अलटमेन्ट हिजो (वैशाख ६ गते, मंगलबार) सम्पन्न भएको थियो ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

62621c28f08e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको