भारतको जम्मु कश्मिरमा भएको मुडभेडमा परि ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना चरमपन्थी र एक जना प्रहरी जवान रहेका छन । थप ४ जना प्रहरी घाइते पनि भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जम्मु भ्रमण कार्यक्रमको २ दिन अगाडि यो घटना भएको हो । उक्त क्षेत्रमा मुठभेड जारी रहेको जनाइएको छ । सुरक्षाबलले पूरै क्षेत्रलाई घेराबन्दी गरिसकेका छन्।
जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले उक्त क्षेत्रमा शुक्रबार बिहान ४ बजे आसपास मुडभेड भएको जनाएका छन्।
प्रधानमन्त्रीको भ्रमणलाई लिएर जम्मु र साबा जिल्लामा कडा सुरक्षा व्यवस्था गरिएको छ। यसअघि भँटिडीमा सन् २०१८ को फेब्रूरी १० मा चरमपन्थीले हमला गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस