Like us!
Follow us!
Connect us!
Watch us!

घुमघामका लागि गएका नेपाली सुदिप काश्मिर हमलामा मारिए

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : १७ मा प्रकाशित

घुमघामका लागि गएका नेपाली सुदिप काश्मिर हमलामा मारिए

भारतको जम्मु काश्मिरस्थित पाहलगाम क्षेत्रमा हिजो भएको आतङ्कवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। उक्त हमलामा २६ जना पर्यटकको ज्यान गएको छ, जसमध्ये रुपन्देहीका सुदिप न्यौपाने पनि रहेका छन्।

मृतक सुदिप न्यौपाने रुपन्देहीको बुटवल–११, कालिकानगरका निवासी थिए। उनी आमा सहित घुमघामका लागि काश्मिर गएका थिए, त्यही क्रममा आतंकवादी आक्रमणमा परेका हुन्।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले भनेकी छन्, “सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

मन्त्री राणाले घटनामा घाइते भएकी सुदिपकी आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन्।

घटनाप्रति कडा प्रतिक्रिया जनाउँदै मन्त्री राणाले यस्तो क्रुर र अमानवीय कार्यको कडा निन्दा र भर्त्सना गरेकी छन्। उनले भनिन्, “नेपाल सरकार भारत सरकार र भारतीय जनताको साथमा रहेको छ। घटनाबारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहेको छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको