दाङको एक मस्जिदमा अपरिचित समूहबाट आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएका छन् । शुक्रबार दिउँसो करिब एकबजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिले सुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मज्जित परिसरमै धारिलो हतियार र इट्टा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।
हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसि, सोहि वडा निवासी ३३ वर्षिय अरसद अलि, सवविर अलि, ५२ वर्षिय मोहम्मद कासिम, २९ वर्षिय सकिल अलि, ६५ वर्षिय दिल मोहम्मद मिया, २५ वर्षिय कमाल अलि, ४२ वर्षिय मोहम्मद याकदिन अलि घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
घाइतेमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ। अपरिचित व्यक्तिले प्रहार गरेको र उनीहरूबारे अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइते मध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस