Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद बाँडफाँड, आजदेखि रकम फिर्ता

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ११ : ३१ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद बाँडफाँड, आजदेखि रकम फिर्ता

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट चैत्र २४ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू वैशाख २ गते बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटकाे कार्यालय, सुन्धारा,सिटिसीमल, काठमाडाैँमा खोली वैशाख ७ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिकाे बैठकले बाँडफाँड गरेको हो ।

सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी आज वैशाख ११ गते,  आइतबारदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेकाे बैंक/वित्तीय संस्थाकाे खातामा रकमान्तर गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6264e5f593174.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको