Like us!
Follow us!
Connect us!
Watch us!

एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, ०८ : ०६ मा प्रकाशित

एलोन मस्कले  ४४ अर्ब डलरमा ट्विटर किन्ने

अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो । 

मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ ।   विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको