Like us!
Follow us!
Connect us!
Watch us!

कुरकुरे, कुरमुरे, लेज देखि जीप, कार र भ्यानहरु आयातमा रोक (सूची सहित)

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, ०९ : ३९ मा प्रकाशित

कुरकुरे, कुरमुरे, लेज देखि जीप, कार र भ्यानहरु आयातमा रोक (सूची सहित)

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।विवरण अनुसार विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानहरु यस प्रकार छन्। 

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

6268bf0d7e3b2.jpg 6268bf0d82694.jpg 6268bf0dbcb51.jpg 6268bf0dc5edb.jpg 6268bf0de1e90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको