Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारको संकेत

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा सुधारको संकेत

आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो कारोबार दिन १५ अंकले घटेको बजार आज भने बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६१ अंकले बढेर ४५४.५६ विन्दुमा पुगेको छ ।

कूल २२८ वटा कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसहुह घटेको छ भने बाँकी ९ उपसमुहको सेयर बढेका छन् । बुधबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह बढेको छ । 

आज अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३ सय ३२ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यस्तै आज सानिमा इक्विटीको मूल्य सर्वाधिक घटेको छ । आज इक्विटीकोको मूल्य ३.८८ प्रतिशतले घटेर प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसामा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको