Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना-१ को लगानी ९ हाईड्रोपावरमा, चैत्रमा घट्यो न्याभ

अर्थ संसार

विहीबार, १५ बैशाख २०७९, ११ : ४२ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना-१ को लगानी ९ हाईड्रोपावरमा, चैत्रमा घट्यो न्याभ

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत याेजना-१ ले चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ ७४ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य फागुन  मसान्तकाे तुलनामा  ०.९  पैसाले घटेकाे हाे । फागुन  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रपैयाँ ६६ पैसा  रहेकाे थियो ।

फागुन महिनाको मसान्तसम्म योजनाको सेयरमा लगानी  १ अर्ब १२ करोड ३२ लाख रुपैयाँ थियो । हाल भने लगानी १ अर्ब यो २ करोड मात्र रहेको छ। 

चैत्र मसान्तसम्म आइपुग्दा कम्पनीको कूल नाफा ५ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । फागुन महिनाको मसान्तसम्म कम्पनीको नाफा १४ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।  

हाल योजनाको लगानी १४ वटा वाणिज्य बैंकमा (साधारण सेयर)  २ वटा वाणिज्य बैंक (संस्थापक सेयर), ६ वटा विकास बैंकमा, १३ वटा लद्युवित्तमा, २ वटा फाइनान्स, ९ वटा जलविद्युत कम्पनी, ३ जीवन विमा कम्पनी, ३ निर्जीवन कम्पनीमा लगानी रहेको छ । त्यसै गरी योजनाले १३ वटा सामूहिक लगानी कोष र अन्य केही श्रेत्रमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

626a31ae9ebec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको