Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ मा लगानीको अवसर आजबाट, १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, ०८ : २६ मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ मा लगानीको अवसर आजबाट,  १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने

सिद्धार्थ क्यापिटल लिमिटेडले आज अर्थात चैत्र २६ गते आइतबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फन्ड बिक्री खुला गरेको छ ।   सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो ।

१२ करोड इकाई मध्य फन्डले १०% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५% अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ भने  बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको फण्डले जनाएको छ। 

यो बन्दमुखी योजना हो । 


कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

चैत्र २६ देखि यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । यो समयमा सबै इकाई बिक्री नभएमा २०८०  वैशाख १० गतेसम्म आवेदन खुला रहने छ। 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको