Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १३ : ०२ मा प्रकाशित

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ्ग एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।

आफ्ना सन्तानहरूको हरेक उपलब्धीमा गर्व गर्ने, साथ दिने अनि स-साना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो। 

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ । 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै Bizbazar Online Shopping App एप डाउनलोड गर्न सक्नेछन् भने यदि ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै  www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको