Like us!
Follow us!
Connect us!
Watch us!

बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने नागरिक स्टक डिलरले मुद्दती निक्षेपमा लगानी गर्दै

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, ०८ : ५५ मा प्रकाशित

बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने नागरिक स्टक डिलरले मुद्दती निक्षेपमा लगानी गर्दै

नागरिक लगानी कोषले स्टक डिलर संचालन गरेको ‘नागरिक स्टक डिलर’ कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। 

कम्पनीले एक सूचना निकाल्दै यस कम्पनीको १८ करोड रुपैया मुद्दती निक्षेपमा लगानी गर्न लागको र राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "क" र "ख" वर्गका बैंक तथा वित्तीय संस्थालाई रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावाधी उल्लेख गरी विवरण पेस गर्न सूचनामा उल्लेख छ।  

धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुलेको कम्पनी हो। कम्पनीहरुको सेयर मूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्ने यसको प्रमुख उद्देश्य हो। 


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको