Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारकाे "२० मा बिज" क्याम्पेन, भारी छुट पाइने

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १३ : ३० मा प्रकाशित

बिजबजारकाे "२० मा बिज" क्याम्पेन, भारी छुट पाइने

ई–कमर्स प्लेटफर्म बिजबजारले आज वैशाख २० गतेदेखि प्रत्येक महिनाको २० गते "२० मा Biz" नामक क्याम्पेन सञ्चालन गरेकाे छ । यस क्याम्पेन अन्तर्गत वैशाख महिनाको क्याम्पेन मंगलबार राती १२ बजेबाट लाइभ भएको छ ।

यस क्याम्पेनमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसैगरी सो क्याम्पेन अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको flash sale पनि सञ्चालन हुनेछ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको