Like us!
Follow us!
Connect us!
Watch us!

७०% सम्मको छुटसहित बिजबजारको माघ महिनाको "२० मा BIZ"

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १५ : ४६ मा प्रकाशित

७०% सम्मको छुटसहित बिजबजारको माघ महिनाको "२० मा BIZ"

ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको माघ महिनाको Campaign माघ १९ गते राती १२ बजेदेखि २० गतेसम्म live गर्ने भएको छ भने  Campaign का केही योजनाहरू माघ २२ गते सम्म live हुने कम्पनीले बताएको छ ।

यही माघ २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको  Electronics, TV and Home Appliances: LOVE FOR GADGETS  योजनामा ६५ प्रतिशत सम्म, Apparel, Shoes , Men & Women: LOVE FOR FASHION योजनामा ७० प्रतिशत सम्म, Home Decor & Furniture: LOVE FOR COMFORT योजनामा ७०  प्रतिशतसम्म,  Health & Beauty: LOVE FOR SELF CARE योजनामा ६५  प्रतिशत सम्म र  Valentine's Special: LOVE FOR LOVED ONES  योजनामा ५० प्रतिशतसम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै सेवाग्राहीहरूले माघ २० गते रु १,५०० वा सो भन्दा बढी रकम बराबरको खरिदमा काठमाण्डाैँ उपत्यका भित्र नि:शुल्क डेलिभरी  प्राप्त गर्न सक्नेछन् भने माघ २० र २१ गते प्रत्येक अडरमा नेपाल भरि डेलिभरी  शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको