Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १३ : ५२ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी गरेकाे प्राथमिक सेयर आईपीओ हिजाे वैशाख १९ गते सोमबार बाँडफाँड भएको छ ।

कम्पनीले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक सेयरको निष्कासनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेकोमा विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्ध गरेपश्चात् बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता शेयर मध्येबाट १० कित्ता माग गर्ने २२७ २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना, १०० कित्ता माग गर्ने २४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरेको छ ।

आईपीओ भर्ने हैन ? रिभर फल्सले वैशाख २८ गतेदेखि खुलाउँदै

यसैगरी १३० कित्ता भन्दा बढी कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता सेयर बाँडफाँड गरिएको छ । 

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com बाट हेर्न सकिनेछ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको