स्थानीय परामर्श मञ्च गठन
अर्थ संसार, काठमाडौँ– कुल १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन गरिएको छ ।
दमौलीस्थित व्यास नगरपालिका कार्यालय परिसरमा शुक्रबार भएको आयोजना प्रभावितको भेलाबाट मञ्च गठन गरिएको हो । आयोजनाबाट व्यास नगरपालिका वडा नम्बर ५ प्रभावित हुन्छ ।
आयोजनाले कार्यान्वयनमा ल्याएको पुनस्र्थापना तथा आदिवासी जनता योजनामा भएको व्यवस्था अनुसार व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा सात सदस्यीय मञ्च गठन गरिएको छ ।
आयोजना प्रभावित वडाका अध्यक्ष मोहन कुमार, श्रेष्ठ, प्रभावित घरपरिवारमध्येबाट टीकामाया झेडी तथा रमबहादुर थापा, स्थानीय सरकारी निकायकोतर्फबाट इलाका वन कार्यालयका नारायण प्रसाद कोइराला र स्थानीय नागरिक समाज÷वुद्धीजीवी, सामाजिक कार्यकर्ताबाट नरबहादुर रानाभाट सदस्य हुनुहुन्छ । आयोजनाकातर्फबाट कृष्णचन्द्र भट्टराई सदस्य–सचिव रहनु भएको छ ।
मञ्चमार्फत आयोजना निर्माणक्रममा स्थायीयरुपमा आउने गुनासाको दर्ता तथा सुनुवाई, आयोजनाको सूचना प्रभावित समक्ष पुगेको सुनिश्चित गर्ने, आयोजना र प्रभावितबीचको सम्पर्क कायम गरिने छ ।
आयोजना निर्माणका क्रममा आउने गुनासा प्रभावितले त्यही संयन्त्रमा राख्न सक्ने र सुनुवाई समेत हुने व्यवस्था गरिएको छ । मञ्चमा प्रभावित गाउँपालिका/नगरपालिकाका अध्यक्ष/प्रमुख संयोजक रहने व्यवस्था छ ।
प्रभावित वडाका वडाध्यक्ष, प्रभावित घरपरिवारमध्येबाट दुई जना (एक महिला तथा एक पुरुष), स्थानीय सरकारी निकाय (जस्तो विद्यालय, स्वास्थ्य चौकी, कृषि, वन कार्यालय)बाट एक जना, स्थानीय नागरिक समाज÷वुद्धीजीवी, सामाजिक कार्यकताबाट एक जना सदस्य रहने छन् । आयोजनाका प्रतिनिधिले मञ्चको सदस्य–सचिवको रुपमा काम गर्ने छन् ।
भेलामा नगर प्रमुख न्यौपानेले राजनीतिक प्रभाव भन्दामाथि उठेर आयोजना र समुदायको हितमा काम गर्न आग्रह गर्नु भयो । आयोजनाका विषयमा आउने सही जनगुनासोलाई सहज ढंगले सम्बोधन गर्न सहयोग गर्न सबैलाई उहा“ले आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले आयोजनाको अहिलेसम्मको प्रगति जानकारी गराउनु भएको थियो ।आयोजनाले आइतबार भिमाद नगरपालिकामा मञ्च गठन गर्दै छ । आयोजनाबाट भिमाद नगरपालिकाका वडा नम्बर ५ र ६ प्रभावित हुने छन् ।
रिसिङ र म्याग्दे गाउ“पालिकामा पनि छिट्टै मञ्च गठन गरिने छ । रिसिङका वडा नं १,६,७ र ८ आयोजनाबाट प्रभावित हुने छन् । यसैगरि, म्याग्देका १,२,३,४ र ५ आयोजनाबाट प्रभावित वडा हुन् ।
आयोजना निर्माणका लागि आगामी असोजभित्रमा ठेकेदार कम्पनी छनोट गरी निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण असोज २०७९ भित्र सम्पन्न गर्न लक्ष्य छ । अहिले आयोजना निर्माण पूर्वका काम धमाधम भइरहेका छन् ।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावको मुल्याङन भइरहेको छ । निर्माणलाई दुई प्याकेजमा विभाजन गरिएको छ । पहिलो प्याकेजमा नदी फर्काउने, बा“ध लगायतका संरचना निर्माणका काम राखिएका छन् । दोस्रो प्याकेजमा सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम राखिएका छन् ।
आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज र ग्रामिण विद्युतीकरण सहितको हो । आयोजनामा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एसियाली विकास बैक (एडीबी), जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका र युरोपेली लगानी बैक (इआइबी)को लगानी रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस