Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ लाख ५६ हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १२ : १६ मा प्रकाशित

नेप्सेमा ८ लाख ५६ हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एभरेष्ट बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८  वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे ।

साेही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो । 

6273701e7d912.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको