Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको आईपीओमा पहिलाे दिन कतिले दिए आवेदन ?

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १७ : ३० मा प्रकाशित

अप्पर सोलु हाइड्रोको आईपीओमा पहिलाे दिन कतिले दिए आवेदन ?

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेकाे छ । 

कम्पनीकाे आईपीओमा पहिलाे दिन आज (बिहीबार) साँझ ५ बजेसम्ममा ८३ जना लगनीकर्ताले ४५ लाख रूपैयाँ बराबरकाे ४५ हजार कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएकाे छ ।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले  छिटोमा जेठ ५ गतेदेखि साे अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म लम्बिनेछ

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको