Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले फिर्ता ल्यायो रिफर गरी अनलिमिटेड कमाउने अफर, यस पटक “बैंक लिङ्कमा"

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, ११ : ४५ मा प्रकाशित

खल्तीले फिर्ता ल्यायो रिफर गरी अनलिमिटेड कमाउने अफर, यस पटक “बैंक लिङ्कमा"

खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरी आम्दानी गर्न सक्नेछन् । प्रत्येक रिफरमा प्रयोगकर्ताले रु. ५० कमाउनेछन्  ।

खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केही सेकेन्ड मै बैंक खाता लिङ्क गरी प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन्। यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो।

यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा  एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिङ्क गरेमा रु. १०० बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् । 

यस अफरको बारेमा कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन्। यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ। यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन  बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौँ। ” 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको