Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर कसरी भयो नेप्सेमा कारोबार ?

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १५ : ३० मा प्रकाशित

मर्जरको सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर कसरी भयो नेप्सेमा कारोबार ?

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनेरल इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीहरुको कारोबार रोकिने भनिए पनि आज आईतबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहतर्फको सेयर कारोबार भएको छ। नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहतर्फको सेयर 'EICPO' कोडले लिस्टेड छ ।  एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहतर्फको ४३५ कित्ता सेयर कारोबार भएको छ। अन्तिम कारोबार मूल्य रु. ३२५ रहेको छ। 

ब्रोकरहरुले प्राय: लगानीकर्ताहरुलाई प्रोमोटर सेयर किन्ने अप्सन दिने गर्दैनन्। कुनै प्रोमोटर सेयर खरिद बिक्रि गर्नु परेमा ब्रोकरलाई नै सम्पर्क गरेर खरिद बिक्रि आदेश प्रविष्ट गर्न लगाउनुपर्ने हुन्छ। 

दुवै कम्पनीका साधारण सेयरहरुको कारोबार भने रोकिएको छ। 

कम्पनीहरु मर्जरमा जाँदा कम्पनीहरुको कारोबार रोक्ने गरिन्छ। साधारण सेयरसँगै संस्थापक समूहतर्फको सेयर कारोबार पनि रोकिनुपर्ने हो की होईन, हो भने किन रोकिएन भनेर नेप्सेका प्रवक्तालाई सोध्दा उनले यसबारेमा बुझेर यदि कहिँकतै कमजोरी भएको रहेछ भने तुरुन्तै सच्याउने जानकारी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको