Like us!
Follow us!
Connect us!
Watch us!

अडलट कारोबार नगर्न नगराउन ब्रोकर कम्पनीलाई नेप्सेको आग्रह

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १८ : ०५ मा प्रकाशित

अडलट कारोबार नगर्न नगराउन ब्रोकर कम्पनीलाई नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अडलट काराेबार नगर्न र नगराउन ब्रोकर कम्पनीहरूलाई आग्रह गरेकाे छ ।

नेप्सेले आज (आइतबार) एक सूचना प्रकाशन गर्दै धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (५)को उपविनियम (१) मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र अंकित मूल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था रहेको जनाएकाे छ ।

"साथै सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १०००/- भएमा १ किता कारोबार इकाई हुने उल्लेख छ । सोहि विनियमको उपविनियम (३) बमोजिम "उपविनियम (१) र (२) मा उल्लखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई विक्री गर्न पाइने छैन ।", सूचनामा उल्लेख छ ।

धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानूनी व्यवस्था तथा प्रचलित कानून बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदस्य दलालमा रहेको स्मरण गराउँदै नेप्सेले सम्पूर्ण सदस्य दलाललाई उक्त प्रावधान विपरित सदस्य दलाल व्यवसायीको TMS प्रणालीबाट अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्नु नगराउनु अनुरोध गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6277b6cd7e30d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको