Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्याेरेन्सको लिलामी सेयरकाे बाेलपत्र बुधबार खाेलिने

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १७ : ०९ मा प्रकाशित

आइएमई जनरल इन्स्याेरेन्सको लिलामी सेयरकाे बाेलपत्र बुधबार खाेलिने

आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (वैशाख २८ गते, बुधबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू बुधबार बिहान ८:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको