Like us!
Follow us!
Connect us!
Watch us!

चक्रवात असानीको प्रभाव : यी स्थानमा वर्षाकाे सम्भावना

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १० : ३५ मा प्रकाशित

चक्रवात असानीको प्रभाव : यी स्थानमा वर्षाकाे सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघ/गर्जन सहित वर्षा भइरहेको छ।

बुधबार प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 त्यस्तै बिहीबार पनि प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यता निर्वाचनको दिन शुक्रबार पनि प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेश केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको