Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : रिभर फल्स पावरको आईपीओ आजबाट खुल्यो, कति गर्ने लगानी ?

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १० : ४५ मा प्रकाशित

लगानीकाे अवसर : रिभर फल्स पावरको आईपीओ आजबाट खुल्यो, कति गर्ने लगानी ?

रिभर फल्स पावर लिमिटेडले आज वैशाख २८ गते, बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेकाे २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलाे चरणमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेकाे थियाे ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा जेठ ४ गतेसम्म र ढिलाेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे साधारण सेयरकाे बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।

कहाँ-कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेराे सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

627b4601a1713.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको