Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको नाफा घट्याे, अरू सूचक कस्ता छन् ?

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १२ : १४ मा प्रकाशित

नेशनल लाइफको नाफा घट्याे, अरू सूचक कस्ता छन् ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को तेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा २०.७६ प्रतिशतले घटेर २५ करोड ५६ लाख ९ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड २५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क भने १७.०४ प्रतिशतले बढेर १० अर्ब १७ करोड ५६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ५२ करोड ९२ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बिमा कोषको आकार २१.९५ प्रतिशतले बढेर ४९ अर्ब ४ करोड ५७ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

627b59bbe2a7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको