लगातार चाैथाे काराेबार दिन आज (बुधबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । बुधबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । बजारमा हरियाली फर्किएपछि लगानीकर्ताहरू पनि उत्साहित छन् ।
जेठ महिनामा बैंकहरूले निक्षेपकाे ब्याजदर नबढाउने निश्चित भएपछि लगानीकर्ताहरूकाे मनाेबल झनै बढेकाे छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूकाे ब्याजदर नबढाउने निर्णय गरेको छ। हिजाे (मंगलबार) बसेकाे संघको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो । यसअघि चैत्र र वैशाख महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेकाे छ । नेप्से २.४२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.५२ अंकले बढेर ४५६.६६ विन्दुमा पुगेकाे छ ।
कूल २२९ वटा कम्पनीकाे ५३ लाख ३३ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।
बुधबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ५९ लाख ७४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज ८ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । युनिभर्सल पावर, नेपाल फाइनान्स, नेशनल हाइड्राेपावर, सीनर्जी पावर, राधी विद्युत, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त र युनियन हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन जम्मा ७ वटा कम्पनीकाे सेयरमूल्य घटेकाे छ । सबैभन्दा धेरै ८.५% सानिमा डिबेञ्चर २०८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.६३ प्रतिशतले घटेर ८ सय ४५ रूपैयाँमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस