Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे कति ?

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १२ : ४७ मा प्रकाशित

२ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे कति ?

हाल बजारमा विभिन्न २ कम्पनीकाे सेयर लिलामी मार्फत् बिक्री भइरहेकाे छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री भइरहेकाे हाे । 

१. नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वैशाख २१ गते बुधबारबाट एक लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय ३० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा जेठ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

२. नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड 

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते, बिहीबारदेखि ७९ हजार ८ सय ७३ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक हजार रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा असार ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । त्यसैगरी, संस्थाकाे सेयर बिक्री प्रबन्धककाे काम  एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको