Like us!
Follow us!
Connect us!
Watch us!

एपेक्स मल्टीप्लेक्सले आईपीओ निष्कासन गर्ने, सबै जिम्मा ग्लोबल आईएमई क्यापिटललाई

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १७ : ०१ मा प्रकाशित

एपेक्स मल्टीप्लेक्सले आईपीओ निष्कासन गर्ने, सबै जिम्मा ग्लोबल आईएमई क्यापिटललाई

ग्लोबल आइएमई क्यापिटल लमिटेडले संस्थागत परामर्श सेवा अन्तर्गत "Business-Concept to Listing" सेवा सुरु गरेको छ। उक्त सेवा अन्तर्गत एपेक्स मल्टिपलेक्स प्रा.लि. ले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागी गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापीटलबीच “Business-Concept to Listing" नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच हिजाे जेष्ठ १ गते सम्झौता भएकाे छ ।

क्यापिटलले “Business-Concept to Listing" सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा (Business Concept) लाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबर्द्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ भने निकट भविष्यमा Private Equity/Venture Capital (PE/VC) सम्बन्धी कार्यहरु गर्ने योजना रहेको छ ।

साथै, पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदाको बखत नियमकिय व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुर्याउने कार्यहरु गरिनेछ ।

त्यसैगरी क्यापिटलले “Business-Concept to Listing" सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेण्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्नेछ । साथै, क्यापिटलले उक्त एपेक्स मल्टिपलेक्सलाई निकट भविष्यमा नै सर्वसाधारणमा सेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।

क्यापिटलले “Business-Concept to Listing" सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि IPO जारी गरी Listing सम्मको कार्यलाई एकिकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको