Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरवासीले मेयरमा चिरिबाबु नै खोजेको जस्तो देखियो

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, ०८ : ४६ मा प्रकाशित

ललितपुर महानगरवासीले मेयरमा चिरिबाबु नै खोजेको जस्तो देखियो

ललितपुर महानगरपालिकाको पछिल्लो मत अपडेट सम्म आइपुग्दा ललितपुर महानगरवासीले मेयरमा चिरिबाबु नै रोजेको जस्तो देखिएको छ। पछिल्लो अपडेट अनुसार  चिरिबाबु महर्जनले दोब्बर बढी मतले अग्रता लिन सफल भएका छन्। झन्डै  १३ हजार २१६ मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबुले अग्रता लिएका हुन्  ।

महर्जन ७ हजार ४१० मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यन्जन्कारले ३ हजार १९२ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ३ हजार ८०० मतसहित अग्रता लिएकी छन् भने माओवादीका बाबुराज बज्राचार्यले २ हजार ३२६ मतसहित पछ्याइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको