Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको विज्ञता र मेरो एक्सपेरिएन्स फ्युजन गर्दा राम्रो रिजल्ट निस्किन्छ : चिरिबाबु महर्जन

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ११ : १० मा प्रकाशित

बालेनको विज्ञता र मेरो एक्सपेरिएन्स फ्युजन गर्दा राम्रो रिजल्ट निस्किन्छ : चिरिबाबु महर्जन

ललितपुर  महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले आफ्नो अनुभव र बालेन साहको दक्षताको फ्युजनले राम्रो नतिजा दिन सक्ने बताएका छन् । आफू र्निवाचित भएपछि बालेन साहका बारेमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

"बालेनले मलाई मन पराउनुहुन्छ र म पनि उहाँलाई मन पराउँछु। उहाँ चाहिँ एउटा डाईनामिक् स्ट्रक्चरल इन्जिनियर पनि हुनुहुन्छ, तसर्थ उहाँको इन्जिनियरिङ फिल्ड मेरो महानगरपालिकामा मैले पनि प्रयोग गर्न सक्छु होला। तसर्थ एकआपसमा चाहिँ मेरो एक्पेरिएन्स र उहाँको विज्ञता, यो दुवैको फ्युजन गर्दाखेरि राम्रो रिजल्ट निस्किन्छ भन्ने मेरो ठम्याई हो" महर्जनले भने ।

बालेन साहले यसअधि नै आँफु निर्वाचित भए भक्तपुर नगरपालिका र ललितपुुर महानगरपालिकासंग सहकार्य गरेर अगाडी बढ्न बताइसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको