Like us!
Follow us!
Connect us!
Watch us!

मापदण्ड विपरित बनेका संरचना हटाउन ललितपुर महानगरले ३५ दिनको समय दिने

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०८ : ०२ मा प्रकाशित

मापदण्ड विपरित बनेका संरचना हटाउन ललितपुर महानगरले ३५ दिनको समय दिने

ललितपुर महानगरपालिकाले मापदण्ड विपरित बनेका सबै संरचनाहरुलाई खालि गर्न आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३५ दिन भित्रमा त्यस्ता अवैध संरचनाहरु हटाउन आग्रह गरेको हो । 

महानगरपालिका क्षेत्रभित्र नक्शा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिढी लगायतका संरचना तथा नक्शा स्विकृत गदा पार्किङ्ग प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न महानगरपालिकाले अनुरोध गरेको छ । 

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे वा नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरचनाहरु हटाउने समेत सूचनामा उल्लेख गरिएको छ । 

महानगरले प्रकाशन गरेको सूचनाः

632a74fb17bbd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको