Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, १८ : ०१ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेकाे छ ।

सीडीएसका अनुसार आज मंगलबार साँझ ५:२६ बजेसम्म १५ लाख १७ हजार २८ जना आवेदकहरुले १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रूपैयाँ बराबरकाे १ करोड ७५ लाख ९२ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका छन् । याे आवेदन सर्वसाधारणका लागि माग गरिएकाे भन्दा करिव ७ गुणाले धेरै हाे । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेकाे २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा जेठ ४ गतेसम्म र ढिलाेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे साधारण सेयरकाे बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेराे सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको