Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! एनएमबि बैंकको उर्जा ऋणपत्र भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १० : ०८ मा प्रकाशित

छुट्ला है ! एनएमबि बैंकको उर्जा ऋणपत्र भर्ने आज अन्तिम माैका

एनएमबि बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "एनएमबि उर्जा ऋणपत्र (Energy Bond II)" भर्ने आज (जेठ ४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले १५ वर्षे अवधिको ऋणपत्र बिक्री खुला गरेको हो। यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । लगानीकर्ताहरूले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेकाे छ । लगानीकर्ताहरूले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628476f78e41f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको