Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्याेरेन्सको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १३ : ४१ मा प्रकाशित

आइएमई जनरल इन्स्याेरेन्सको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू वैशाख २८ गते, बुधबार खोलिएर जेठ ३ गते, मंगलबार बाँडफाँड गरिएकाे हाे । लिलामी सेयरमा संस्थापक समूह तर्फ एक सय ५१ रूपैयाँ र सर्वसाधारण तर्फ ४ सय ६५ रूपैयाँ कट अफ कायम भएकाे छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा भाेलि (जेठ ५ गते, बिहीबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लाेबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6284a89e93195.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको