छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयर रजिष्ट्रार परिवर्तन भएकाे छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ।
कम्पनीले जेठ २ गते, साेमबारदेखि लागू हुने गरी बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत हुनेछ ।
अब उप्रान्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस