Like us!
Follow us!
Connect us!
Watch us!

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १२ : ४६ मा प्रकाशित

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ कराेड ८० लाख रूपैयाँ बराबरकाे २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख ८ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड​​ले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ कराेड ३२ लाख १६ हजार रूपैयाँ बराबरकाे १६ लाख ३२ हजार एक सय ६० कित्ता आईपीओ निष्कासन गर्न चैत्र २ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको