Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसाय दर्ता कसरी गर्ने ? कति लाग्छ शुल्क ?

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १५ : ५१ मा प्रकाशित

व्यवसाय दर्ता कसरी गर्ने ? कति लाग्छ शुल्क ?

आफूले सञ्चालन गर्न लागेको व्यवसाय सम्बन्धित निकायमा गएर नियमानुसार सूचीकृत गर्ने प्रक्रिया व्यवसाय दर्ता प्रक्रिया हो। कुनैपनि व्यवसाय सञ्चालन गर्दा व्यवसाय अनिवार्य रूपमा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो प्रक्रिया,कर र नवीकरण जस्ता प्रक्रियाबारे गलत मानसिकता राख्दा  धेरै व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइन्छ।

व्यवसाय दर्ता गर्नु व्यवसाय सञ्चालनको आवश्यक प्रक्रिया हो, जसले व्यवसाय सञ्चालन भइसकेपछि आउने समस्या समाधानमा मद्दत मिल्छ र व्यवसाय सञ्चालनका विभिन्न विषयहरू जस्तै व्यवसाय स्तरउन्नती का लागि चाहिने आवश्यक ऋण लिन सहज हुने, व्यवसाय बिक्री तथा सेयर हस्तान्तरण मा सहजता हुन्छ र मुख्यतः व्यवसायको पहिचान प्राप्त हुन्छ। 

 व्यवसाय वा सबै किसिमका कम्पनीको दर्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयमा गर्नुपर्छ साथै व्यवसायको प्रकृति हेरी घरेलु तथा साना उद्योग कार्यालय पनि व्यवसाय दर्ता गर्नुपर्छ।निजी कम्पनीको दर्ता प्राइभेट कम्पनी रजिष्ट्रेसन ऐन २०१४ को दफा ३ बमोजिम दर्ता प्रक्रिया अपनाउनु पर्दछ। 

- व्यवसायको नाम दर्ता गर्दा सञ्चालन गर्न लागेको कम्पनीको नाममा पहिला सोही नाममा कुनै कम्पनी सञ्चालन भइरहेको छ कि छैन सुनिश्चित गर्नुपर्छ र उक्त नाम प्रयोग नभएको खण्डमा व्यवसायको नाम रिजर्भ गर्नुपर्छ। यो प्रक्रिया कम्पनी रजिष्टारको कार्यालयको वेबसाइट www.ocr.gov.np मा गर्न सक्नुहुन्छ। 

- कम्पनीको नाम, ठेगाना, उद्देश्य, सेयर धनी बारे विस्तृत रूपमा उल्लेख गरी प्रज्ञापन पत्र तयार गर्नुपर्छ र संस्थापकको जिम्मेवारी,व्यवसायको क्षेत्र आधी बारे विस्तृत रूपमा उल्लेख गरी प्रबन्ध पत्र तयार गर्नुपर्छ जसलाई कानुन व्यवसायीले प्रमाणित गर्दछन्। 

- सम्पूर्ण आवश्यक कागजात तयार गरिसकेपछि उक्त कागजको सक्कल लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा जानुपर्छ र नियम अनुरुपम निवेदन मा रु १० को टिकट टाँसी पेस गर्नुपर्छ साथै संस्थापक शेयरधनीको नागरिकताको प्रतिलिपि,प्रबन्धपत्रको २ कपी, कुनै सम्झौता गरेको भएमा उक्त सम्झौताको प्रतिलिपि, नेपाली कम्पनी को लागि कम्पनी दर्ता प्रमाणपत्रको फोटोकपी र कम्पनी सञ्चालक,लगानी बाँडफाँड तथा के र कटी लगानी गर्ने भनी खुलाइएको सञ्चालक समितिको निर्णयको प्रतिलिपि पेस गर्नुपर्छ र कम्पनीको लगानी पूँजी अनुरूप दस्तुर तिर्नुपर्ने हुन्छ।

- कम्पनीलाई आफ्नो वडा कार्यालयमा पनि दर्ता पर्दछ साथै कर को लागि आन्तरिक राजश्व विभागमा दर्ता गर्नुपर्छ। साथै कर्मचारीको संख्या १० जनाभन्दा बढी भएको खण्डमा सबै कर्मचारीको सञ्चयकोषमा खाता खोलिदिनुपर्दछ।

62861984907ef.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको