Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा रूखको हाँगा भाँचिएर लाग्दा कर्मचारीको मृत्यु

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १६ : ४५ मा प्रकाशित

सिंहदरबारमा रूखको हाँगा भाँचिएर लाग्दा कर्मचारीको मृत्यु

हावाहुरीका कारण सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ । पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीकाे मृत्यु भएकाे हाे ।

हावाहुरीका कारण हिजाे (बुधबार) राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा रूखको हाँगा भाँच्चिएर लाग्दा कार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

हाल उनकाे शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको